icon
icon
icon
icon

रेडियो राष्ट्रियको परिचय

हाम्रो बारेमा

समाज रुपान्तरण का लागि समाबेसि आवाज रेडियो राष्ट्रिय ८९.८ मेगाहर्ज (Includive voice of Transformation Radio Rastriya FM 89.8 Mhz.) कम्पनी ऐन अनुसार कम्पनी रजिष्टारको कार्यालयमा २०६५ सालमा दर्ता भएकोे राष्ट्रिय ग्रामिण तथा बैकल्पिक उर्जा बिकास प्रा.लि. नामको प्राइभेट लिमिटेड कम्पनीले राष्ट्रिय प्रसारण ऐन २०५२ अनुसार नेपाल सरकार बाट ५०० सय वाट क्षेमताको एफएम रेडियो सञ्चालन गर्ने इजाजत २०६८ प्राप्त गरी बिक्रम संम्बत २०६९ साल चैत्र २१ गते अर्थात ईस्वीसंम्वत् २०१३ अप्रिल ३ तारिक बुधबारका दिनबाट रेडियोको आफ्नै प्राङगणमा गरिएको कार्यक्रममा रेडियो राष्ट्रिय बाट राष्ट्रिय गान बजाएर रेडियो राष्ट्रिय ८९.८ मेगाहर्जका प्रवन्ध निर्देशक ज्ञानेन्द्र महताले समुदघाटन गरी रेडियो राष्ट्रिय एफ.एम.८९.८ मेगाहर्जको औपचारिक रुपमा प्रसारण सेवा सुरु गरिएको हो ।

यस रेडियोको स्वलोगन नेपालीमा “समाज रुपान्तरण का लागि समाबेसि आवाज रेडियो राष्ट्रिय ८९.८ मेगाहर्ज” तथा अंग्रेजीमा ( Includive voice of Transformation Radio Rastriya FM 89.8 Mhz.) रहेको छ भने रेडियो स्टेसनको बोलाउने नाम (कलसाइन) रेडियो राष्ट्रिय रहेको छ । नेपालीहरू रैतीबाट प्रजा, प्रजाबाट जनता, जनताबाट नागरिक र नागरिकबाट अहिले आफैँ यो देशका मालिक भएका छन । विशेषगरी दशबर्षे जनयुद्ध र २०६२/०६३ को महान ऐतहासिक जनआन्दोलनपछि नेपालीहरूको आत्मसम्मान, ज्ञान र चेतनाले अभुतपुर्व फड्को मारेको छ । नेपाल अहिले नयाँ युगको नयाँ इतिहास निर्माणको सङ्घारमा उभिएको छ ।

आम नेपालीहरूमा देखापरेको जागरुकता र चेतनाको यो वर्तमान अवस्था सिर्जनामा नेपालका स्वतन्त्र रेडियोहरूले अभुतपुर्व भूमिका खेलेका छन । रेडियो राष्ट्रिय ८९.८ मेगाहर्ज यस्तो भूमिका खेल्ने रेडियोहरू मध्येको एक रेडियो स्टेसन हो जो हरपल निरन्तर रुपमा जनताहरुलाई सुसुचित गर्दै, जनताहरुका हक अधिकार र थिचोमिचो, जातिय भेदभाव,लैगिंक असमानता,अन्याय,अत्याचार,भ्रष्टाचार,बिकृति,बिसंगतिका बिरुद्ध ससत्त र बुलन्द रुपमा आवाज उठाउने गर्दछ । परिवर्तनको सम्वाहकका रुपमा बिगत देखि बर्तमानसम्म रेडियो नै एक बिश्वशनिय माध्यम बन्दै आएको छ । जुन आम सर्बसधारणको पहुचसम्म सजिलै पुगेको पाइन्छ । यिनै कुरालाई आत्मसाथ गर्दै रेडियो राष्ट्रियको स्थापना गरिएको हो । हामी विश्वास गर्छौ सत्य तथ्यमा त्यसैले त हामीले प्रसारण गर्ने हरेक समाचारमुलक कार्यक्रमहरु सत्य र निष्पक्ष हुने गर्दछन ।

रेडियो राष्ट्रिय का निम्ति एफएम रेडियो भनेको मनोरञ्जन को साधन मात्र नभइ रेडियो गहनतम सामाजिक उत्तरदायित्व निर्वाह गर्दै, समावेशी, आधुनिक, सम्पन्न र ज्ञानमा आधारित नयाँ नेपाल निर्माणमा सहयोग र्पुयाउने माध्यम हो । जुन माध्यममा सबैको सजिलै पहुच पुगेको हुन्छ । त्यसैले पनि त अरु सञ्चारका साधान भन्दा बढी प्रभावकारी साधनका रुपमा रेडियोलाई लिइन्छ । रेडियो राष्ट्रिय ले आफनो सबै क्षमता, अनुभव, ज्ञान तथा कौसलहरूलाई नयाँ नेपालको नयाँ समावेसी रेडियो स्टेशनको रुपमा आफूलाई रुपान्तरित गर्न लागि परेकोे छ ।

Leave Comment »
Page 1 of 212»

Our Member Radio Station

List of Member Radio Station
live