
आफ्नो भाग्य हेर्नुहोस र आजको दिनको कर्म सुरु गर्नुहोस
मेष : आज आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले पनि सताउन सक्छ ।
मिथुन: महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता हटेर मन प्रसन्न रहला । घरमा अतिथिको आगमन हुनेछ । पढाइमा प्रगति पनि हुनेछ ।
सिंह : आज विवाद हुन सक्छ भने तपाईंले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरू आउन सक्छ । पढाई लेखाइमा पनि सफलता नमिल्ला ।
तुला: आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।
धनु : मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मुद्दा मामिला आइलाग्न सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।
कुम्भ : नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काममा हात हाल्ने समय छ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

वृष : अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहनेछ ।
कर्कट : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्रा हुनेछ ।
कन्या : आज गरेका कामबाट राम्रै लाभ हुनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
वृश्चिक : आजको दिनमा प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
मकर : नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
मीन :आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।
भाग्यफल जस्तो भएपनि केवल कर्मले त्यसलाई अझ सुन्दर बनाउन सकिन्छ अतह आबस्यकता अनुसार कर्म गर्नुहोस सफलता अबस्य मिल्नेछ ।