लन्डन । इंग्लिस प्रिमियर क्लब आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पीएसभीलाई १–० गोल अन्तरले हराउँदै आर्सनल नकआउट चरणमा पुगेको हो ।

आर्सनलको जितमा ग्रानिट जाकाले निर्णायक गोल गरेका थिए । यो जितसँगै आर्सनलले समूह ए मा ४ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पीएसभी ७ अंकसहित दोस्रो स्थानमा छ । यस्तै बिहीबार राति नै भएको अर्को खेलमा लिड्सलाई हराउँदै लेस्टर सिटीले जित निकालेको छ । लेस्टरले लिड्सलाई २–० गोल अन्तरले हराएको हो ।
खेलको १६ औं मिनेटमा रोबिन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले सुरुआती अग्रता बनाएको थियो । त्यसपछि खेलको ३५ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई २–० को जित दिलाए । यो जितसंगै लेस्टरले ११ खेलबाट ८ अंक जोडेको छ भने लिड्स ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।