• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Radio Rastriya
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
Radio Rastriya
No Result
View All Result
Home विविध धर्म सस्कृति

भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?

Radio Rastriya by Radio Rastriya
बिहिबार, कार्तिक ३, २०७९
in धर्म सस्कृति, विविध
0
भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

You might also like

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ। बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ। पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ। भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ।

पौराणिक कथाअनुसार एकजना प्रतापी र दानी राजा थिए। उनको दरबारमा असाध्यै धेरै सम्पत्ति थियो। उनी प्रत्येक बिहीबार व्रत बस्ने तथा पुण्यकर्म गर्ने गर्दथे। तर रानी भने त्यस्तो केही कर्म गर्दिन थिइन्। राजाले गरेको धार्मिक कार्यलाई रानीले असहयोग गर्थिन्। दरबारमा थुप्रिएको सम्पत्तिका कारण आफुले धेरै काम गर्नु परेकोमा उनी चिन्तित हुन्थिन्।

एक दिन गुरु वृहस्पति उनको दरबारमा साधुको रुप धारण गरी पुगे। त्यसबेला राजा शिकार खेल्न जङ्गल गएका थिए। रानीले साधुलाई देखेर आफ्नो दरबारमा भएको सम्पत्ति तथा वैभव समाप्त पारिदिन आग्रह गरिन्। साधु रूप धारण गरेका गुरु बृहस्पतिले पनि रानीको चाहना पूरा गर्न फल प्राप्ति हुने कर्म भन्दा पनि नष्ट हुने कर्म गर्न सिकाउँछन्। रानीले बिहीबारको दिन त्यसै गर्छिन्।

दरबारको सम्पूर्ण वैभव समाप्त हुन्छ। दुःख पाएपछि राजा कामका लागि परदेश लाग्छन्। दरबारमा भएका रानीहरुले पनि भोकभोकै बस्नु पर्ने दिन आउँछ। यो दुःखका बीच रानीले आफ्नी बहिनी कहाँ सहयोग माग्न पुग्छिन्।

बहिनीले उनीहरुलाई धन प्राप्तिका लागि बिहीबारको व्रत बस्न सुझाउँछिन्। त्यसपछि रानी र उनका दासीहरु बिहीबारको दिन व्रत बस्न थाल्छन्।

व्रत बस्न थालेदेखि फेरि दरबारमा सम्पत्ति थुप्रिन थाल्छ। दरबारमा सुख मिल्न थाल्छ। परदेश गएका राजा पनि फिर्ता आउँछन्। त्यसैले बिहीबारको दिन व्रत बसेको खण्डमा सम्पत्ति तथा वैभव प्राप्त हुने जनविश्वास छ।

Tags: derbykhabar.comshree hari bishnu
Previous Post

चितवन मेडिकल कलेजले प्रयोगशालाले विशिष्ट श्रेणी को मान्यता प्राप्त

Next Post

नवौँ राष्ट्रिय खेलकुदमा भलिबल बन्दयो र्शकका सर्वाधिक प्रिय

Radio Rastriya

Radio Rastriya

Related Posts

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने
अर्थ

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

by Radio Rastriya
भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो
धर्म सस्कृति

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

by Radio Rastriya
धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड
धर्म सस्कृति

धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड

by Radio Rastriya
सहकारि बचतकर्तामा निरासा किन ?
देश

सहकारि बचतकर्तामा निरासा किन ?

by Radio Rastriya

The Victoria’s Secret 2016 Show Was Straight Out Of ‘Game of Thrones’

by Radio Rastriya
Next Post
नवौँ राष्ट्रिय खेलकुदमा भलिबल बन्दयो र्शकका सर्वाधिक प्रिय

नवौँ राष्ट्रिय खेलकुदमा भलिबल बन्दयो र्शकका सर्वाधिक प्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

आफुले सुनिस्चित गर्नुभएको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस

आज को राशिफल ।। कार्तिक १४ सोमवार को राशिफल ।।डर्बीखबर

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

आज को राशिफल ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको कार्य सुरु गर्नुहोस

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

धवकुमार नेपाललाई निर्वाचन आयोग द्वारा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेस

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

Currently Playing
Currently Playing

हाम्रो टीम

Radio Rastriya

प्रकासक–
निर्देशक -
सम्पादक -
कार्यालयको फोन नं –

समाचार सामग्री पठाउन :-
बिज्ञापन :-
सम्पादक :-
सूचना विभाग दर्ता नं:

Categories

  • Feature Post
  • अन्तरबार्ता
  • अर्थ
  • आजको राशिफल
  • आजको विशेष
  • उपकरन
  • खानपिन
  • खेलकुद
  • गीत सङित
  • जीवन शैली
  • ज्योतिष
  • देश
  • धर्म सस्कृति
  • प्रबिधि
  • प्रोफाईल
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • रकम भुक्तानी
  • राजनीति
  • राशिफल
  • लेख
  • विदेश
  • विविध
  • शिक्षा
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.