• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Radio Rastriya
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
Radio Rastriya
No Result
View All Result
Home स्वास्थ्य

कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै

Radio Rastriya by Radio Rastriya
बिहिबार, कार्तिक ३, २०७९
in Feature Post
0
कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलाली- डेङ्गु रोगको जोखिम कायमै कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेंङ्गुुका बिरामी छन् । जसमध्ये धनगढी उपमहानगरपालिकामा एक सय ४१ डेंङ्गुुका बिरामी छन् । सबै भन्दा कम मोहन्याल गाउँपालिकामा तीन जना छन्

। घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार÷चार जना छन् । लम्किचुहा नगरपालिकामा एक सय १३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिनुभयो । गौरीगङ्गा नगरपालिकामा सात, भजनी नगरपालिकामा पाँच, जोशीपुर गाउँपालिकामा छ डेंङ्गुुका बिरामी छन् । कैलारी गाउँपालिका र चुरे गाउँपालिकामा अहिलेसम्म डेंङ्गुुका बिरामी शून्य रहेको जनाइएको छ । जिल्लामा डेंङ्गुुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ ।

You might also like

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

प्रकृति संरक्षण निकायबीच समन्वय र सहजीकरण हुनु आवश्यक

धनगढी उपमहानगरपालिका –१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्मा उल्लेखित छ । असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ । कैलालीमा डेंङ्गुुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताउनुभयो ।

सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंङ्गु नियन्त्रणको उपाय रहेको उहाँले बताउनुभयो । डेंङ्गुु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ ।

डेंङ्गु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । यो एडिस एजप्टाई एलबोपिक्टस जातको सङ्क्रमित लामखुट्टको टोकाइबाट मात्रै यो रोग सर्दछ । यो लामखुट्टेलाई टाइगर मसकुइटो पनि भनिन्छ । डेंङ्गुु नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह धनगढी उपमहानगरापालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गुको सङ्क्रमण पुनः फैलिन सक्ने भन्दै लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असोज मसान्ततिर लगातार परेको पानीका कारणले गर्दा केही न्यून भएको डेंङ्ग ुरोगको सङ्क्रमण पुनः फैलिनसक्ने खतरा बढेकोले लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह गरेको हो । घर, अफिस तथा समुदायका अन्य स्थानमा लामखुट्टे लार्भा उत्पादन गर्न सक्ने सम्भावित स्थान परिचान गरी डेंङ्गु रोग गराउने लामखुट्टेका लार्भा खाज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न धनगढी उपमहानगरपालिकाभित्रका १९ वटै वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ ।

अभियानमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, आमा समूह, वडा क्लब परिचालन गरी सञ्चालन गर्न पनि भनिएको छ । एक उपमहानगरपालिकाले यसअघि पनि धनगढीका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकासहित वडाका टोलटोलमा डेंङ्गुुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।

Tags: Denguederbykhabar.com
Previous Post

सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

Next Post

९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

Radio Rastriya

Radio Rastriya

Related Posts

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश
खेलकुद

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

by Radio Rastriya
प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक
खेलकुद

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

by Radio Rastriya
प्रकृति संरक्षण निकायबीच समन्वय र सहजीकरण हुनु आवश्यक
देश

प्रकृति संरक्षण निकायबीच समन्वय र सहजीकरण हुनु आवश्यक

by Radio Rastriya
लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको- देव गुरुङ
राजनीति

लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको- देव गुरुङ

by Radio Rastriya
मङ्सिर ४ मा  हुने चुनाव  दुइटा धार र  शक्तिबीचको लडाइँ भएको प्रचण्डको भनाई
Feature Post

मङ्सिर ४ मा हुने चुनाव दुइटा धार र शक्तिबीचको लडाइँ भएको प्रचण्डको भनाई

by Radio Rastriya
Next Post
९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

आफुले सुनिस्चित गर्नुभएको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस

आज को राशिफल ।। कार्तिक १४ सोमवार को राशिफल ।।डर्बीखबर

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

आज को राशिफल ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको कार्य सुरु गर्नुहोस

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

धवकुमार नेपाललाई निर्वाचन आयोग द्वारा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेस

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

Currently Playing
Currently Playing

हाम्रो टीम

Radio Rastriya

प्रकासक–
निर्देशक -
सम्पादक -
कार्यालयको फोन नं –

समाचार सामग्री पठाउन :-
बिज्ञापन :-
सम्पादक :-
सूचना विभाग दर्ता नं:

Categories

  • Feature Post
  • अन्तरबार्ता
  • अर्थ
  • आजको राशिफल
  • आजको विशेष
  • उपकरन
  • खानपिन
  • खेलकुद
  • गीत सङित
  • जीवन शैली
  • ज्योतिष
  • देश
  • धर्म सस्कृति
  • प्रबिधि
  • प्रोफाईल
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • रकम भुक्तानी
  • राजनीति
  • राशिफल
  • लेख
  • विदेश
  • विविध
  • शिक्षा
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.