• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Radio Rastriya
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
Radio Rastriya
No Result
View All Result
Home खेलकुद

नवौँ राष्ट्रिय खेलकुदमा भलिबल बन्दयो र्शकका सर्वाधिक प्रिय

Radio Rastriya by Radio Rastriya
बिहिबार, कार्तिक ३, २०७९
in खेलकुद
0
नवौँ राष्ट्रिय खेलकुदमा भलिबल बन्दयो र्शकका सर्वाधिक प्रिय
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बेनी – म्याग्दीको सदरमुकाम बेनीकी ५४ वर्षीया थममाया थापाले महिला भलिबलका कुनै पनि खेल हेर्न छुटाइनन्। घरको कामकाजबाट फुर्सद निकाल्दै उनले भलिबलबाट आनन्द लिइन्। स्कुले जीवनमा थापाले भलिबल खेले पनि जिल्ला र क्षेत्रीय प्रतियोगितामा भने कहिल्यै सहभागी नभएकी उनमा भलिबलप्रतिको रुची भने अहिले पनि उत्तिक्कै छ। ‘उमेरले हेर्ने रहर छेक्दो रहेनछ’, बेनीमा महिला भलिबल खेल हेर्दै गरेकी थापाले भनिन्, ‘मलाई भलिबल औधी मन पर्छ, यसपाली खेल हेर्दा सारै मजा आयो।’ उनी छोरीलाई साथमा लिएर भलिबल हेर्न आएकी थिइन्।

पर्वतको कुश्माका हरेराम रसाइली पनि भलिबल मैदानमै भेटिए। वैदिशक रोजगारमा मलेसियामा रहेका उनी हालै घर फर्किएका हुन्। भलिबल रसाइलीका लागि सबैभन्दा मन पर्ने खेल हो। दश कक्षा मात्र पढेका उनी विद्यालय र गाउँघरमा प्राय सधैँजसो भलिबल खेल्थे। महिला भलिबल हेर्न रसाइली दिनहुँ बस चढेर बेनी आएका थिए। साँझ बस चढेरै घर फर्किने गरेको उनले सुनाए। ‘सकभर आफ्नो ठाउँमा सञ्चालन हुने भलिबल प्रतियोगिता हेर्न छुटाउँदिन्।’ रसाइली मिलेसम्म अहिले पनि भलिबल खेल्न छाड्दैनन्।

You might also like

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल बेनीमा राखिएको थियो। बेनीमा महिला भलिबलसँगै तेक्वान्दो पनि खेलाइएको थियो। दुवै खेल बुधबार सम्पन्न भएका छन्। तेक्वान्दोभन्दा महिला भलिबल हेर्नेको सङ्ख्या अत्यधिक थियो। भलिबल हेर्न म्याग्दीका गाउँगाउँबाट दर्शक बेनी झरेका थिए। छिमेकी जिल्ला बागलुङ र पर्वतबाट समेत दर्शक आएका थिए। ‘प्रतियोगितामा सबैभन्दा धेरै दर्शक महिला भलिबलमै थिए’, चार वर्षदेखि महिला भलिबलको राष्ट्रिय टोलीका प्रशिक्षक रहेका जगदिशप्रसाद भट्टले भने, ‘पुरुष भलिबलभन्दा तेब्बर बढी दर्शक महिला भलिबलमा थिए।’

महिला भलिबलको स्वर्ण सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। बेनीको खुल्ला मञ्चमा बुधबार भएको अन्तिम चरणको खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै उपाधि चुमेको हो। एपिएफले पहिलो सेट २५–१९ र दोस्रो सेट ३०–२८ अङ्कले जितेको थियो। पुलिसले तेस्रो सेटमा एपिएफलाई २६–२४ अङ्कले पराजित गरेको थियो। चौथो सेट भने एपिएफले २५–१९ अङ्कले जित्यो। एपिएफ टोलीको कप्तानी विनिता बुढाथोकीले तथा पुलिस टोलीको कप्तानी कमला पुनले गरेकी थिइन्। गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती प्रदेश प्रतियोगितामा तेस्रो भयो। बागमतीले गण्डकीलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अङ्कले हरायो। गत असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए।

Tags: derbykhabar.com
Previous Post

भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?

Next Post

धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड

Radio Rastriya

Radio Rastriya

Related Posts

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो
खेलकुद

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

by Radio Rastriya
आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश
खेलकुद

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

by Radio Rastriya
प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक
खेलकुद

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

by Radio Rastriya
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक सन्तोषी श्रेष्ठले  हात पारिन
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक सन्तोषी श्रेष्ठले हात पारिन

by Radio Rastriya
खेलकुद

Sports Benefits For Healthy Life

by Radio Rastriya
Next Post
धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड

धन्तेरस पुजा लागि सुन,चाँदीका सिक्का किन्नका लागि बाक्लो भीड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

आफुले सुनिस्चित गर्नुभएको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस

आज को राशिफल ।। कार्तिक १४ सोमवार को राशिफल ।।डर्बीखबर

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

आज को राशिफल ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको कार्य सुरु गर्नुहोस

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

धवकुमार नेपाललाई निर्वाचन आयोग द्वारा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेस

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

Currently Playing
Currently Playing

हाम्रो टीम

Radio Rastriya

प्रकासक–
निर्देशक -
सम्पादक -
कार्यालयको फोन नं –

समाचार सामग्री पठाउन :-
बिज्ञापन :-
सम्पादक :-
सूचना विभाग दर्ता नं:

Categories

  • Feature Post
  • अन्तरबार्ता
  • अर्थ
  • आजको राशिफल
  • आजको विशेष
  • उपकरन
  • खानपिन
  • खेलकुद
  • गीत सङित
  • जीवन शैली
  • ज्योतिष
  • देश
  • धर्म सस्कृति
  • प्रबिधि
  • प्रोफाईल
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • रकम भुक्तानी
  • राजनीति
  • राशिफल
  • लेख
  • विदेश
  • विविध
  • शिक्षा
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.