जिबनको ४ दसक को ओरिपरी को जीवन भोगाइको दौरानमा आउदा खै के कति कारण ले हो कुन्नी मेरो देसको बिकास को गति कछुवा गति मा पनि अगाडी बढ्न नसकेको कारण के होला ? मनमनै आफैलाइ कोइसन गर्न थालेछु स्वर्ग को टुक्रा जस्तो प्रकृतिको उपहार पाएको हाम्रोजस्तो सुन्दरताले मनमोहोक र लाखौंलाख बिदेशी पर्यटनलाई लोभ्याउने देस नेपाल को लथालिङ्ग र भताभुङ बनाउने कारक भनेकै अहिलेको राज्नितिक कारक नै प्रमुख कारक हो । र दोस्रो कारक प्रसासनिक कारक हो ।
जस्तो लाग्छ किनकी इथोपिया जस्तो मरभुमी भोगमरी ग्रस्त देस पनि आज सहि नीति र सहि नेतृत्व को कारण आज विकसित र समृद्धि तर्फ अगाडि बढिरहेको अबस्थामा हामी भने जलस्रोत खनिज को भन्डार जडिबुटी को भन्डार भएको देसमा सुनको कचौरो लिएर बिदेशी सङ भिक माग्ने अबस्थामा किन पुग्यौं र किन पुराइयो आफैले आफैलाइ प्रश्न गरिरहेकाछौ ।के राज्नितिक नेता र नेतृत्व ले जे जे भन्यो हामिले सधैं पत्याउनु पर्ने र तिनै लाई सधै जिताउने अनि हामी जनता सधै हारिरहनु पर्ने हो ? जस्ले देसलाइ भताभुङ र लथालिङ्ग पार्छन् उनिहरुको पोलिसी भनेको जनता लाई अभावमा र गरिबी को खाडल मा राख्न सके जनता असिक्षित र र बिहान् बेलुका को रोजिरोटी को लागि नेता कार्यकर्ता ले जे भन्यो तेहि काम गर्न बाध्य हुन्छन् र नेताकार्यकर्ता को गुलामी बन्न जनता जस्तोसुकै परिस्थिति मा पनि तयार हुन्छन् भन्ने धेरै नेताकार्यकर्ता को चलाखी पोलिसी हुनाले नै उनिहरुले सधैंब जनतालाइ आफ्नो परिक्रमा गर्नका लागि नीति मा आफू अनुकूल शब्दको कारण नै आज लाखौं लाख जनता को आर्थिक अवस्था नाजुक बन्दै गैरहेको छ । अहिले देसको कुनाकप्चा जहातही नेताकार्यकर्ता जनता लाई झुट्टा आश्वासन को बिक्रीवितरण गरि जनतालाई झुक्याउने बाटो तर्फ अगाडि बढिरहेका छन् ।
भने ग्रामीण भेगका अधिकाम्स बेरोजगार जनता भने १ छाक भोको पेट भर्नको लागि नेताकार्यकर्ता को जयजयकार गर्दै पछाडी दौडिरहेको अबस्था छ बिचार उनिहरुलाइ यति पनि ग्यान छैन कि भोलि चुनाब जितेपछी जनता र नेताको दुरि आकाश र जमिन को हुन्छ । किन कि राज्नितिक नेतृत्व जो गरिब असिक्षित र बेरोजगारी छ उनीहरुको टाउको टेकेर एउटा प्रखाल पारगर्दछन र ५ बर्ष सम्म जनताको समस्या सङ धेरै टाढा भाग्ने गर्दछन् किनकी उनिहरु ले के कुरा सिकेका हुन्छन् भने जनता लाई समृद्धि बनाउनु भनेको भोलि को दिन चुनाब जित्न बेरोजगार युवा को खरेडी लाग्नु हो भनेर ! आज अधिकाम्स उधोगी ब्यापारी हरु ब्याज खाएर हातबाधेर बसेको अबस्थामा छन ।

किनभने बैंक को ब्याज आज १८/२०% पुगेको अबस्थामा छ बिगत १ बर्ष अघि १०% मा लियको लोन को ब्याज बैंक ले आज आफुखुसी दोब्बर ले बिर्दी गरि बचत कर्ता हरु प्रति ब्याज को लोभमा आज अधिकाम्स फाइनान्स ,सहकारीको बचत ,डिपोजिट बैंक मा ट्रान्सफर गर्नेहरू को एक किसिमको प्रतिस्पर्धा नै चलेको अवस्था छ किनभने सहकारीको ब्याज बढिमा १६ % छ भने बैंक को सहकारीको भन्दा ३,४,प्रतिसत बढी हुदा आज अधिकाम्स सहकारीको बचत निकाल्न मानिस को भिड लाग्नु भनेको देस को ३ वोटा खम्बा मध्य १ खम्बा कम्जोर बनाउनेतर्फ सरकार नै कृयासिल भयको अबस्थामा आज सिमित मिटर ब्याजी लाई लाभ पुराउन को लागि हजारौं फाइनान्स र सहकारी लाई बिलय गराउने बाटो मा सरकार का जिम्मेवार ब्याक्ती को लगाब हुनु दु:खद कुरा हो l
lआज लाखौं बचत कर्ता हरु सहकारीको बारेमा गलत र भ्रामक समाचार सम्प्रेषण हुदा जसरी अन्धाधुन्ध आफ्नो लगानी निकाल्न अघि बढेका छन् भोलिको अबस्थामा उनीहरुको बचत के हुने भन्ने बढो चिन्तित छन किनकि अहिलेको देसको ढुकुटी को ताल्चा चाबी लिएका सरकार का जिम्मेवार पदाधिकारी हरुमा अर्थशास्त्र को विषयमा ग्यान नहुनु नै अहिलेको अवस्था आउनुको कारण हो भनी भन्ने गरेको धेरै अर्थसाश्त्री हरुको भनाइ छ आज बैंक ले धेरै ब्याज दिदा अन्यत्र सस्थामा भएको बचत निकाल्ने र भोलि बैंक ले ब्याजदरमा पहिलेको अबस्थामा अबस्य फर्किनु पर्छ तेसपपछी फेरि बैंकको ब्याजदर घट्दा फेरि बचत कर्ता बिरालो ले मुसा सारेको जस्तो यताउता गर्दा त्यसको घाटा भनेको स्वयम् बचतकर्तालाइ नै हुने हुँदा कठिन परिस्थिति मा नडगमगाउनु र केही समय धैर्य गर्नेलगायत आ आफ्नो ठाउँबाट गर्न सक्ने सहयोग गरि सस्था लाई बचाउने तर्फ लागेमा सस्थाले समय आएपछि पक्कै सम्झिनु का साथै उचित मुल्यांकन गर्नेनैछ।
किनभने मानिसको परिचय नै अफ्ट्यारो र दुख मा हुने गर्दछ जस्तो एउटा ढुङ्गा ले फलामको धेरै चोट र दुखाइ बाट नै एउटा भगवान रुपि मुर्ति को स्वरुप पाउने गर्छ र पो दुनियाँलाले पुज्ने गर्छन तसर्थ हामी केही समय जीवनकालमा दुख र समस्या देखा पर्दा आत्तिने र दुखित हुने गर्छौ त्यो समयमा हामिले बढो गम्भीरता का साथ सोच्नु पर्दछ । आज के कारण यस्तो अवस्था आयो त ? निति निर्माण तहमा रहेका नीतिनिर्माता को कमि कमजोरी हो वा स्वयम् हाम्रो कारण ले हो ? तथापि एउटा हल्लाको भरमा हामी कागकोपछी लाग्ने कि आफ्नो कान छम्ने ? हो आज एकादुइ सहकारी मा समस्या नभएको होइन तर एकाध सहकारीको कारण आज स्वास्थ र मजबुत हजारौं सहकारी को बित्तिय ब्यबस्थामा असर पुग्ने गरि भ्रामक र झुट्टा समाचार सम्प्रेषण गरि सहकारी अभियान लाई नै समाप्त गर्न केही मिटर ब्याज मा लागेका मनुष्य वाट सहकारी लाई समाप्त गर्ने बाटो मा लाग्नुभनेको देसको अर्थतन्त्र धोस्त गर्ने र सिमित ब्याक्ती मोटाउनु सिबाय अरु केही हुदैन ।
जनताले आसा र बिश्वास गरि जिताएर पठाइएका जनप्रतिनिधि नै आज ब्याक्तिगत स्वार्थमा एकादुइ बैंक र एकाध ब्याक्तिको फाइदामा अग्रसर हुनु आज करोडौं जनताको अपमान हुनु नै हो लगभग आधालाख सहकारी लाई प्रतिकुल हुनेगरी ब्याजदरमा असमानता सिर्जना गर्नु भनेको सहकारी मा आबद्ध बचत कर्ता को र सहकारी कर्मी को मात्र ब्यवस्था होइन करोडौं व्यावसायिकतामा आफ्नो अमुल्य समय बेतित गरि रास्ट लाई अरबौ राजस्व बुझाएको व्यावसायिहरुलाइ चलायमान देसको अर्थतन्त्र को सम्भाबक हरु को हात बाधी देसलाइ परनिर्भरता तर्फ धकेली आयातित बस्तुमा भस्ट्रचारमा सिमित ब्याक्तिलाइ मोटाउने परिपन्च हो भन्ने बुद्धिजिबि हरुको भावना बाट बुझ्न् सकिन्छ

आज अरबौ को लगानी गरि करोडौं को राजस्व प्रोभाइट गर्ने ब्यबसाही हरु आज बैंक मा पुजि डिपोजिट गरि गरि १८,२०,% ब्याज खाइ सुतेर बस्दा के देसमा समृद्धि आउला त ? सहकारी बाट लोन लिइ नाङ्ले पसल देखि करोडौं को ब्यबसाय गरेका व्यावसायि हरुलाइ उचित नीति नियम र सहकारीको बिस्वस्नियता लाई कायम राख्न सरकारले कुनै योजना नल्याउदा आज लाखौं लाख ब्यबसायी हरुको बिस्थापित हुनु र बेरोजगारि बिर्दी मौलाउनु ज्यादै दु:खद हो यसमा जिम्मेवार सरोकारवाला हरुको ध्यान जान नसक्नु भनेको नेपाली हरुलाइ झन गरिबी तर्फ धकेल्नु सिबाय अरु केही हुन सक्दैन ।
आगामी चुनाब मा जनताले राम्रोसँग बुझेका छन कि झुट्टा आश्वासन बाड्ने र चुनाब को समय मा मात्र जनताको आबस्यकता देख्ने नेतालाई ठेगान लगाउनेपरिक्षा मा सम्पुर्ण को जित भैई देस र जनताको हित गर्ने कुसल नेतृत्व पाओस र पाउनुपर्छ भन्ने बिश्वास का साथ बिदाहुन्छु धन्यबाद ।- प्रस्तुतकर्ता -प्रकाश पनेरू