• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Radio Rastriya
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
Radio Rastriya
No Result
View All Result
Home स्वास्थ्य

चितवन मेडिकल कलेजले प्रयोगशालाले विशिष्ट श्रेणी को मान्यता प्राप्त

Radio Rastriya by Radio Rastriya
बिहिबार, कार्तिक ३, २०७९
in शिक्षा, स्वास्थ्य
0
चितवन मेडिकल कलेजले प्रयोगशालाले विशिष्ट श्रेणी को मान्यता प्राप्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चितवन।। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ट श्रेणी (ए क्याटागोरी) को मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दाबी गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए ।

You might also like

९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

These Delicious Balinese Street Foods You Need To Try Right Now

Three Arrested After Masked Youths Launch Firebomb Attack On Synagogue

प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना संकलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ । न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए । सो मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ । देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताए । उनका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ ।

विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ । अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम (एसओपी) अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए । उनले भने, ‘प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो । प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ ।’

अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए । उनले भने, “राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छौँ ।” अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उहाँको भनाइ छ । देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ ।

Tags: derbykhabar.comचितवन मेडिकल कलेज
Previous Post

प्रकृति संरक्षण निकायबीच समन्वय र सहजीकरण हुनु आवश्यक

Next Post

भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?

Radio Rastriya

Radio Rastriya

Related Posts

९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध
स्वास्थ्य

९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

by Radio Rastriya

These Delicious Balinese Street Foods You Need To Try Right Now

by Radio Rastriya

Three Arrested After Masked Youths Launch Firebomb Attack On Synagogue

by Radio Rastriya

Fashion Girls! These Are the 17 Chic Flats Everyone Will Want in 2018

by Radio Rastriya

Barack Obama and Family Visit Balinese Paddy Fields During Vacation

by Radio Rastriya
Next Post
भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?

भगवान श्री हरि विष्णुको पूजा कसरी पूजा गर्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

आफुले सुनिस्चित गर्नुभएको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस

आज को राशिफल ।। कार्तिक १४ सोमवार को राशिफल ।।डर्बीखबर

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

आज को राशिफल ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको कार्य सुरु गर्नुहोस

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

धवकुमार नेपाललाई निर्वाचन आयोग द्वारा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेस

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

Currently Playing
Currently Playing

हाम्रो टीम

Radio Rastriya

प्रकासक–
निर्देशक -
सम्पादक -
कार्यालयको फोन नं –

समाचार सामग्री पठाउन :-
बिज्ञापन :-
सम्पादक :-
सूचना विभाग दर्ता नं:

Categories

  • Feature Post
  • अन्तरबार्ता
  • अर्थ
  • आजको राशिफल
  • आजको विशेष
  • उपकरन
  • खानपिन
  • खेलकुद
  • गीत सङित
  • जीवन शैली
  • ज्योतिष
  • देश
  • धर्म सस्कृति
  • प्रबिधि
  • प्रोफाईल
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • रकम भुक्तानी
  • राजनीति
  • राशिफल
  • लेख
  • विदेश
  • विविध
  • शिक्षा
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.