• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Radio Rastriya
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
Radio Rastriya
No Result
View All Result
Home Feature Post

मेडिकल सिटीमा सधैँ रगतको अभाव

Radio Rastriya by Radio Rastriya
बुधबार, भदौ ८, २०७९
in Feature Post, स्वास्थ्य
0
मेडिकल सिटीमा सधैँ रगतको अभाव
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

यहाँका अस्पतालमा २० हाराहारी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बिरामी र अन्य अस्पतालमा विशेषज्ञ सेवा लिनेहरुका लागि धेरै रगत आवश्यक हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले यहाँको क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी सानाठूला अस्पतालमा हुने शल्यक्रिया लगायतका उपचारमा ठूलो मात्रामा रगत माग हुने गरेको बताए । वर्षभरिमा ३५ हजार युनिट हाराहारी रगत केन्द्रले उपलब्ध गराउँदै आएको छ । पौडेलको भनाइमा ५० हजार युनिट हाराहारी रगतको आवश्यक यहाँ पर्दछ ।

मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । वर्षभरिमा झन्डै पाँच हजार जनाले केन्द्रमा नै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ । यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकिएका रक्तदाता हुन् ।

You might also like

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

अत्यावश्यक शल्यक्रियासमेत समयमा गर्न रगतका कारण कठिन हुने गरेको छ । पौडेलले केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटीले रक्तदाताका लागि उत्प्रेरणाका कार्यक्रम गर्न नसक्दा समस्या आएको बताए । रक्तदाता बढाउनका लागि नयाँ रणनीतिक कामहरु गर्न नसकेर पुरानै ढर्रामा सोसाइटी रहेको उनको भनाइ छ । सरकारी निकायसँगको समन्वयमा सोसाइटीले काम गर्न नसकेको उनको भनाइ थियो ।

केन्द्रले चितवनसहित छिमेकी जिल्लाबाट समेत सहकार्य गरेर रगत सङ्कलन गरिरहेको छ । नवलपरासी, गोरखा, लम्जुङ, तनहुँ, धादिङ, मकवानपुर, सर्लाही, रौतहट लगायतका जिल्ला पुगेर रगत सङ्कलन गर्ने गरिएको छ । वर्षभरमा ४०० हाराहारी रक्तदानका कार्यक्रम हुने गरेका छन् । ती कार्यक्रममा पहिले १००÷१५० युनिट रगत सङ्कलन हुने गरेकामा आजभोलि ४०÷५० युनिट सङ्कलन हुने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले रगत सङ्कलन कम हुँदै गएकाले समस्या हुने गरेको बताए । सोसाइटीले रक्तदाता उत्प्रेरणाका कार्यक्रम गर्न नसकेको उनले स्वीकार गरे। रक्तदातालाई गरिने सम्मान कार्यक्रमसमेत कोभिडका कारण दुई वर्षदेखि हुन नसकेको उनको भनाइ छ ।

एक घरको एक जनाले रक्तदान गरेमा मात्र धेरै समस्या समाधान हुने भन्दै उनले यो जनचेतना जगाउनुपर्ने बताए ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले समयमा नै योजना बनाउन नसकिएमा भविष्यमा रगतको ठूलो समस्या पर्ने बताए । आम नागरिकका बीचमा रगतको महत्वका बारेमा बुझाएर स्वयम्सेवीहरुको ठूलो समूह तयार गर्नुपर्ने उनको भनाइ छ ।

रक्तदाताहरुको सूची तयार गरी बोलाएर रगत लिने कार्यक्रमहरुलाई व्यापकता दिनुपर्ने उनले बताए । सामाजिक सेवा गर्ने सङ्घसंस्थाहरुले सामाजिक उत्तरदायित्व ठानेर वार्षिक कार्यक्रममा रक्तदान राख्नुपर्ने उनको भनाइ छ । यस्तै स्कुल, कलेजहरुले नियमीत रक्तदान कार्यक्रमसँगै साना विद्यार्थीहरुलाई रगतको महत्वका बारेमा बुझाउनुपर्ने अधिकारीले बताए ।

Tags: Bloodderbykhabar.comGood Healthhealthnepal newsnepalinews
Previous Post

United And City Dispute The Blame for Manchester Derby Tunnel Bust-up

Next Post

California Fires: This Is What Happens When You Breathe In Smoke

Radio Rastriya

Radio Rastriya

Related Posts

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश
खेलकुद

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

by Radio Rastriya
प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक
खेलकुद

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

by Radio Rastriya
९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध
स्वास्थ्य

९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

by Radio Rastriya
कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै
स्वास्थ्य

कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै

by Radio Rastriya
चितवन मेडिकल कलेजले प्रयोगशालाले विशिष्ट श्रेणी को मान्यता प्राप्त
स्वास्थ्य

चितवन मेडिकल कलेजले प्रयोगशालाले विशिष्ट श्रेणी को मान्यता प्राप्त

by Radio Rastriya
Next Post

California Fires: This Is What Happens When You Breathe In Smoke

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

लिभरपुलले टोटनहमलाई २-१ ले हरायो

बैंकको चर्को ब्याजको कारण ब्याबसायिहरुको हात कहिलेसम्म बाधिनुपर्ने

आफुले सुनिस्चित गर्नुभएको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस

आज को राशिफल ।। कार्तिक १४ सोमवार को राशिफल ।।डर्बीखबर

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

आज को राशिफल ।। आफ्नो भाग्य फल हेर्नुहोस र आजको कार्य सुरु गर्नुहोस

प्रधानमन्त्री शेरबहादुर द्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

धवकुमार नेपाललाई निर्वाचन आयोग द्वारा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेस

भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

Currently Playing
Currently Playing

हाम्रो टीम

Radio Rastriya

प्रकासक–
निर्देशक -
सम्पादक -
कार्यालयको फोन नं –

समाचार सामग्री पठाउन :-
बिज्ञापन :-
सम्पादक :-
सूचना विभाग दर्ता नं:

Categories

  • Feature Post
  • अन्तरबार्ता
  • अर्थ
  • आजको राशिफल
  • आजको विशेष
  • उपकरन
  • खानपिन
  • खेलकुद
  • गीत सङित
  • जीवन शैली
  • ज्योतिष
  • देश
  • धर्म सस्कृति
  • प्रबिधि
  • प्रोफाईल
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • रकम भुक्तानी
  • राजनीति
  • राशिफल
  • लेख
  • विदेश
  • विविध
  • शिक्षा
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Radio Rastriya - Hosted by TooFan Communication Network.